बैतडीको शिवनाथ गाउँपालिका–२ पोखरामा चट्याङ लाग्दा चार जना घाइते ,६ वटा पशु मरे

पुस १३ बैतडी–बैतडीमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।
जिल्लाको शिवनाथ गाउँपालिका–२ पोखरामा चट्याङ लागेर चार जना घाइते भएका हुन् । शनिबार बिहान ११ बजेतिर स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ बर्षीया पवानी दमाइ, बुहारी २० बर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका हुन् ।

घाइते चारै जनाको पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

यस्तै चट्याङ लागेर गोपाल दमाईले पालेको एक गोरु पनि मरेको उनले बताए ।

यस्तै आज दिउँसो परेको चट्याङले सुर्नया गाउँपालिका–६ स्थित धुलिधार गाउँमा ५ ओटा पशुचौपाया मरेका छन् । बिजुलीको तारमा परेको चट्याङ लागेर स्थानीय हरिदत्त अवस्थीको एक बाख्रो, भागरथी अवस्थीको एक बाख्रो, पदमराज अवस्थीको एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु र दामोदर अवस्थीको एक राँगो मरेको बताइएको छ ।

चट्याङले अधिकांश स्थानीयहरुको घरको वाइरिङमा क्षति पुर्याउनुका साथै विद्युत मिटरमा क्षति पुगेको स्थानीय महेश चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more