डडेल्धुराः घरेलु हिंसा मुद्दामा फरार रहेका धनगढी बस्ने एक दम्पती डडेल्धुराबाट पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले घरेलु हिंसा मुद्दामा १ महिना कैद सजाय तोकेपछि फरार रहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ रन्तपाला घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–६ लालपुर बस्ने २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीया कुन्ती भट्ट पक्राउ परेकी हुन्।
फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधवार डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस