पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदै

पुस २७ ।बझाङ – तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more