एउटा चुरोटले व्यक्तिको जीवनबाट २० मिनेट आयू घटाउँछ : नयाँ अनुसन्धान

२१ पुस ।काठमाडौँ- तपाईँ धूमपान गर्नु हुन्छ ? आजै देखि छोडनुहोस् । चुरोटको हानिहरुबारे गरिएको पछिल्लो अध्ययनले यसका प्रयोगकर्ताहरुलाई चिकित्सक भन्दै आएको भन्दा अझ् बढी असर गर्ने गरेको देखाएको छ ।

युनिभर्सिटी कलेज लण्डनका अन्वेषकका अनुसार एउटा चुरोटले व्यक्तिको जीवनबाट २० मिनेट आयू घटाउँछ । अर्थात २० खिल्लीको चुुरोटको बट्टा सक्दा व्यक्तिको जीवनको लगभग सात घण्टा आयू छोटिन्छ ।

विश्लेषणका अनुसार यदि एक दिनमा १० खिल्ली चुरोट सेवन गर्ने व्यक्तिलले यदि जनवरी ५ देखि छाड्छन् भने १३ जनवरीमा पुग्दा जीवनको पुरा एक दिन आयू लम्व्याउन सक्छन् । फेब्रअरी १० सम्म छाडे भने आयू १ हप्ता लम्व्याउन सक्छन् र एक वर्षसम्म त्याग्न सकेमा आयू ५० दिन लम्व्याउन सक्छन् ।

‘मानिसहरुलाई धूमपान हानिकारक हो भन्ने थाहा छ तर यति साह्रो हानिकारक हो भन्ने कमैलाई थाहा हुनसक्छ,’ अनुसन्धानको नेतृत्व गरिरहेका डा सारा ज्याक्सनले भने, ‘उनी अगाडी थप्छन् औषतमा धूमपान नछोड्नेहरुले जीवनको एक दशक अघि नै आयू सक्छन् । त्यो १० वर्षको बहुमूल्य समय, जीवनका पलहरु र प्रियजनहरुसंग कोसेढुंगाहरु हो ।’

धूमपान रोक्न सकिने रोग र मृत्युको प्रमुख कारक हो । जसको प्रयोग गर्ने दुई तिहाई प्रयोगकर्ताको अकाल मृत्यु हुने गरेको छ । बेलायतकै कुरा गर्दा एक वर्षमा लगभग ८० हजार बढी मृत्इु र इङल्याण्डमा सबै क्यान्सरको मृत्युको एक चौथाई नित्याउने गरेको छ ।

सन् २००० मा बीएमजेले गरेको अध्ययन् मूल्यांकनले औषतमा एउटा चुरोटले ११ मिनेट आयु घटाउने गरेको देखाएको थियो । तर जर्नल अफ एडिक्सनमा प्रकाशित पछिल्लो यो विश्लेषणले पुरानो विवरणलाई झण्डै दोब्बरले बढेको देखायो ।

अनुसन्धान कर्ताहरु स्वास्थ्य र दीर्घ जीवनका लागि धूमपान पूर्ण रुपमा छोडनुपर्नेमा जोड दिन्छन् । प्रतिवेदनमा हृदय रोग र मस्तिष्कघातको जोखिम दिनको २० पटकको धूमपान गर्नेको तुलनामा दिनमा एक पटक धूमपान गर्नेहरुमा ५० प्रतिशतले कम हने बताउँछन् । उनीहरु भन्छन्, ‘हरेक उमेरमा धूमपान बन्द गर्नु फाइदाजनक छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more