दार्चुलामा भीरबाट लडेर ८६ बर्षीय बोहराको मृत्यु

पुस २१।बझाङ – दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ अंम्कुरका ८६ वर्षीय गगन सिंह बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
शनिवार साझ दाउरा लिन भनी गएका बोहराको बाँजाधार भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको लेकम गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बल्देव सिंह बोहराले बताए ।

भीरबाट लडेर १ सय ५० मिटर तल खसेका थिए ।बोहराको घट्ना स्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । गाउँका मेहनती, मिलनसार व्यक्तिको निधन हुँदा आज श्री भगवती आधारभूत विद्यालयमा शोक बिदा दिइने वडाअध्यक्ष बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more