‘एक्लो’ को पोस्टर सार्वजनिक

काठमाडौँ: चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा विजय लामालाई वृद्ध भूमिकामा प्रस्तुत गरिएको छ । उहाँको चरित्रको नाम भीष्म रहेको छ । उहाँको छेउमा ‘इन्टरड्युसिङ मुटु’ लेखिएको छ ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिसा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राईलगायतको अभिनय रहेको छ । प्रदीप शाहीको निर्देशन रहेको चलचित्रको निर्मातामा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुनुहुन्छ ।

बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा शुभराज कार्की र द्रोणप्रसाद पौडेल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more