सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनमा सुधार : तीन स्थानमा पार्किङ निषेध बोर्ड राखियो

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा पैदलयात्रुलाई आवतजावतमा समस्या हुँदै आएको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले बजारका तीन स्थानमा पार्किङ निषेध बोर्ड राखेको छ।

बजार क्षेत्रमा जथाभावी सवारी पार्किङका कारण पैदल यात्रुहरूलाई बाटो हिँड्न असहज हुनुका साथै दुर्घटनाको जोखिम बढेको गुनासो स्थानीयहरूले गरेका थिए।

यस समस्यालाई समाधान गर्न ट्राफिक प्रहरीले विशेष पहल गर्दै पार्किङलाई व्यवस्थापन गर्ने प्रयास थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले बताए ।

विष्टले भने, “यातायातका साधनहरू पार्किङ गरेर पैदल यात्रुलाई हिड्न समस्या हुने ठाउँमा हामीले आज पार्किङ निशेधको बोर्ड राखेका छौ । यसमा सबैले सहयोग गरिदिनुहोला ।”

विष्टका अनुसार, बोर्ड राखिएका क्षेत्रहरू सदरमुकाम चैनपुरको चौराहा, देविस्थान मन्दिर, अदालत अगाढि सवारी साधन पार्किङ गरेमा अब कारबाही गरिने छ।

यसले बजारको सडकमा सवारी र पैदलयात्रुको चाप कम गर्न सहयोग पुग्ने विश्वास लिएको छ। स्थानीय व्यवसायीहरूले ट्राफिकको यस कदमलाई स्वागत गरेका छन्। “पैदल हिँड्न निकै गाह्रो भएको थियो, तर बोर्ड राखेपछि अब केही सहज हुनेछ भन्ने आशा छ ।,” स्थानीय किरण खड्काले बताए।

ट्राफिक प्रहरीले सबैलाई नियम पालना गर्न आग्रह गर्दै पार्किङ व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ। साथै, बजारमा अन्य सुधारका कार्यक्रमहरू पनि ल्याउने योजना रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more