बझाङः बझाङमा ७ पशुचौपाया मरेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका–३ मेलतडीस्थित २ तले घरको भुँइ तलामा रहेका ७ पशु चौपाया मरेका हुन्।
भुँइ तलामा आगो बालेर परिवार गाउँमा रहेको घरमा आएकोमा आगोको धुवाँबाट निस्सासिएर भुँइ तलामा बाँधेर राखेका ७ वटा पशुचौपाया मरेका थिए ।
शुक्रवार राती ८ बजेतिर स्थानीय लालबहादुर रावलका एक भैँसी, दुईवटा गोरु, दुईवटा गाई, एउटा गाईको बाच्छो, एउटा खसी गरेर ७ वटा पशुचौपाया मरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस