रास्वपाले माघदेखि राष्ट्रव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने

पुस २० ।काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी माघ २ गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ । शनिबार सुरु भएको दुईदिने केन्द्रीय समितिको पहिलो बैठकले दुई महिनासम्म सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पहिलो दिनको बैठकले विभिन्न पाँच विषयमा छलफल भएको जानकारी दिए । बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माण चरणलाई निर्धारित समयमा पूरा गर्न राष्ट्रव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभागका साथै पार्टीको सम्बन्धित निकायले सिफारिस गरेका विज्ञ सदस्य रहेको जिल्ला समितिअन्तर्गतका पार्टी संरचनालाई सहयोग तथा सहजीकरण गर्न जिल्लाअनुसार कार्यदल निर्माण गर्नेबारे बैठकमा छलफल भएको उनले जानकारी दिए ।

यसरी गठन हुने कार्यदलले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्नेछ ।

बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल, उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे अवगत गराएका थिए । प्रदेश महामन्त्रीहरूको सहभागिता रहेको शनिबारको बैठकमा केही समयअघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेस गरी आवश्यक छलफल गरेको जनाइएको छ ।

यस्तै, बैठकले दिवङ्गत नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको र हालै अध्यादेशमार्फत ल्याइएको सहकारीसम्बन्धी विधेयकका सम्बन्धमा छलफल जारिरहेको कार्यवाहक प्रवक्ता झाले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more