धनकुटाका अशक्त अपांग आशिष राई मुखले सुन्दर चित्र कोर्दै

पुष १८।धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त हुनुहुन्छ । २२ वर्षीय राईको बोली आउँदैन, हातखुट्टा चल्दैनन् । उहाँको दैनिकी ओछ्यानमै लडेर बित्ने गरेको छ । आजसम्म राईले औपचारिक शिक्षा लिने अवसर पाउनुभएको छैन तर पनि राईसँग अद्भूत क्षमता छ, अनौठो कला छ । राई सुन्दर चित्र बनाउनुहुन्छ ।

चित्र कोर्नु आफैँमा सामान्य कर्म होइन, यसका लागि विशेष कला चाहिन्छ । उहाँ मुखले सिसाकलम च्याप्नुहुन्छ, अनि त्यसैले आफ्ना मनका भावना चित्रमार्फत कापीमा उतार्नुहुन्छ । उहाँले बनाएका चित्र सुन्दर र आकर्षक हुन्छन् । उहाँ आफूले देखेका हिमाल, पहाड, तराई, जनावर, फूलहरू चित्रका रूपमा प्रस्तुत गर्नुहुन्छ ।

त्यसो त उहाँले यस्तो चित्र बनाउन थाल्नुभएको करिब एक वर्ष मात्रै भएको छ । उहाँले आफ्नी बहिनीले बनाएको देखेर चित्र बनाउन सुरु गरेको आशिषकी आमा लक्ष्मी राई बताउनुहुन्छ । आमा लक्ष्मी भन्नुहुन्छ, “बहिनीले चित्र बनाएको देखेपछि आफैँले कुकुरको चित्र बनायो । सुरुमा त विश्वास लागेन तर पछि युट्युबमा हेर्दै बनाएको रहेछ । भगवान्ले छोरालाई हातखुट्टा नदिए पनि दिमाग दिएको रहेछ, यसैमा खुसी छौँ ।”

करिब तीन वर्षको उमेरदेखि उहाँमा यो समस्या देखा परेको थियो । करिब पाँच वर्षको उमेरसम्म घिस्रिएर हिँडे पनि अहिले भने त्यो पनि गर्न सक्नुहुन्न । विभिन्न स्थानमा लगेर उपचार गराए पनि निको नभएको परिवारले जनाएको छ ।

उहाँ ओठ र चिउँडोको सहाराले मोबाइल, ट्याब चलाउनुहुछ । आफूलाई मन पर्ने गीत सुन्नुहुन्छ । उहाँले फेसबुक र युट्युब एकाउन्ट खोल्नुभएको छ । फेसबुक च्याटको माध्यमबाट साथीभाइसँग कुराकानी गर्नुहुन्छ । सामाजिक सञ्जालमा चित्रहरू पोस्ट गरेर आफ्नो सिर्जना अरूलाई देखाउनुहुन्छ । अरूले बोलेका कुरा सुन्नुहुन्छ र बुझ्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more