डडेल्धुरामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गरिँदै !

पुस १५।डडेल्धुरा : जिल्लाका सातवटै स्थानीय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले स्थानीय तहको सहकार्यमा शिक्षकलाई नयाँ पाठ्यक्रम र पाठ्य सामग्रीबारे अभिमुखीकरण गराइरहेको हो ।

कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका शिक्षकलाई सहजीकरण कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक गोपालदत्त पाण्डेले जानकारी दिए । कार्यक्रममा नयाँ पाठ्यक्रमको उद्देश्य, संरचना र शिक्षण विधिबारे विस्तृत जानकारी प्रदान गरिएको उनले बताए ।

सहजीकरणले शिक्षकलाई नयाँ पाठ्य सामग्रीको प्रयोग र कक्षाकोठामा व्यवहारिक शिक्षण प्रविधिको उपयोग गर्न सिकाउने लक्ष्य राखेको छ । उनका अनुसार नयाँ पाठ्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान र जीवन उपयोगी सीप विकास गर्न प्रेरित गर्नेछ ।

सहजीकरण कार्यक्रम जिल्लाको सातवटै पालिकामा चरणबद्ध रूपमा सञ्चालन भइरहेको बताउँदै पाण्डले यसअघि परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए ।

आइतबार भागेश्वर गाउँपालिका, १५ गते गन्यापधुरा र १६ गते अमरगढी नगरपालिका, १८ र १९ गते क्रमशः नवदुर्गा र अजयमेरु गाउँपालिकामा सहजीकरण कार्यक्रम सञ्चालन गरिने प्राविधिक उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more