‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति

पुस २०। बझाङ – ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले विज्ञप्ती निकालेर काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई अपहेलित गर्नेरगराउने कार्य तत्काल रोक्न माग गर्नुभएको छ ।

प्रतिष्ठानले संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि कारबाहीको माग पनि गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शीवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।

हालै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘ढोग दिया’ शब्दले चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more