बझाङ : बझाङको बुंगल नगरपालिका ७ मा रहेकाे सानिगाड लघुजलबिधुत आजबाट सुचारु भएकाे छ । करिब १ महिना देखि बन्द रहेकाे सानिगाड लघु जलविद्युत आजबाट सुचारु भएकाे हाे । उक्त मेसिनमा केही समस्या हुदा करिब १ महिना देखि बन्द रहेकाे जलविद्युत आजबाट सुचारु हुदाँ त्यहाँका स्थानियबासिन्दा खुसि भएका छन ।
उक्त जलविद्युतकाे मेसिनमा जडानहुने मेन फिता नेपालको विद्युत कम्पनीमा नबनेकाे र उक्त फिता बनाउन सुइजरल्यान्डकाे कम्पनीमा पठाउनु पर्ने हुदाँ केही समय ढिला भएकाे लघु जलविद्युतका अप्रेटर जनक बोहराले जानकारी दिनुभएको छ । अप्रेटर बाेहराअनुसार उक्त विद्युत मर्मत गर्नको लागि ७ नम्बर वडाका वडा अध्यक्ष टंक प्रशाद जोशी वडा नम्बर ८ वडा अध्यक्ष लोकेन्द्र बहादुर जागरी सानिगाड लघु जलविद्युतका अर्का अप्रेटर धन्जित धामी लगाएत उपभोक्ता हरुले आज विद्युत मर्मत गरेका हुन ।
बिधुत मर्मतमा जम्मा २ लाख ३४ हजार लागत लागेकाे छ । वडा नम्बर ७ र ८ काे सहयाेगमा मर्मत गरिएकाे बताइएकाे छ । मेन बेल्ड १लाख ३५ हजार रेस्टरमा १५ हजार डाईउड १२ पिस काे ५४ हजार ग्रिस ५ k g काे ४५ सय गरि जम्मा २ लाख ३५ हजार भ्याट सहित खर्चलागेकाे छ ।
उक्त विद्युत् बन्द हुदाँ बुंगल नगरपालिका वडा नं ६,७ र ८ का १ हजार २ सय ६५ घर
धुरी अन्धकारमा बस्न बाध्य भएका थिय । विद्युत सेवा अवरुद्ध हुदा त्यस क्षेत्रमा सञ्चालन गरेका साना तथा मझौला कलकारखाना , कुटानिपिसानि गर्ने मिल सङ्गै मोबाइल चार्ज लगायतका अन्य सबै सेवा हरुमा समस्या भएको र अब उक्त बिधुत बने पछि सबै काममा सजिलाे हुने भन्दै स्थानीयहरु खुसि भएका ।