विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा प्रयो लुम्बिनी

काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ।

हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताए।

नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यो गौरवलाई जोगाइ राख्नुपर्ने बताए।

कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए। यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ।

धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले पनि विश्वास गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more