महादेव माध्यामिक विद्यालय अठपालीले मनायो ५९ औँ बार्षिकोत्सव

सपना खाती
पुस २२ ।बझाङ – बझाङको महादेव माध्यामिक विद्यालय अठपालीले ५९ औँ बार्षिकोत्सव तथा अविभावक दिवस मनाएको छ । जिल्लाको बुङ्गल नगरपालिका— ७ स्थित महादेव माध्यमिक बिद्यालयकले ५८ बसन्त पार गरेर ५९ औं वर्षमा प्रवेश गरेको खुसियालिमा विभिन्न साँस्कृतिक कार्यक्रम गरेर ५९ औँ बार्षिकोत्सव तथा अविभावक दिवस सोमबार भव्यताका साथ मनाएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंग बहादुर बोहराको सभाध्यक्षता तथा बुङ्गल नगरपालिकाका नगर उप प्रमुख धन बहादुर बोहरा प्रमुख आतिथि रहनुभएकाे थियो । विशिष्ट अतिथिमा बुंगल नगरपालिका ७ का वडा अध्यक्ष टंक प्रशाद जोशी , बुंगल नगरपालिका ८ का वडा अध्यक्ष लोकेन्द्र बहादुर जाग्री रहनुभएकाे थियो ।आज भएको कार्यक्रममा विद्यालयका संस्थापकहरु र सरस्वती माताको तस्बिरमा माल्यार्पण गर्दै विभिन्न साँस्कृतिक कार्यक्रम गरेर ५९औँ वार्षिकोउत्सव सम्पन्न भएको विद्यालयका शिक्षक कृष्ण बहादुर बोहराले जानकारी दिए । यस्तै वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक सुर्य बहादुर रानाले आयव्य सहितको विद्यालयको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन् ।

नगर उप प्रमुखले गुणस्तरीय शिक्षा प्रदान गरी नमुना विद्यालय बनाउनु तर्फ जोड दिनुपर्ने बताउदै विद्यालयको विकासका लागि आफ्नो तह र तर्फवाट सकारात्मक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । वार्षिकोत्सव कार्यक्रमका अवसरमा संञ्चालन गरेका विभिन्न कार्यक्रम तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिजेता भएका र विद्यालयका उत्कृष्ट गरिब ,जेहेन्दार बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको प्रधानाध्यापक रानाले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more