रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टरको आह्वान

पुस २०। काठमाडौं- अमेरिकाका एक जना वरिष्ठ डाक्टरले रक्सीका बोतलमा क्यान्सरको चेतावनी राख्न आह्वान गर्नुभएको छ । एउटा नयाँ अनुसन्धानले रक्सीका कारण सात किसिमको क्यान्सर हुने निष्कर्ष निकालेपछि अमेरिकी वरिष्ठ शल्यचिकित्सक जनरल विवेक मूर्तिले चुरोटको बट्टामा जस्तै रक्सीको बोतलमा पनि क्यान्सरको चेतावनी दिन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकामा भएको पछिल्लो अनुसन्धानले रक्सीका कारण घाँटी, कलेजो, अन्ननली, मुख, गला, आन्द्रा र महिलामा स्तन क्यान्सर हुने जोखिम अधिक हुने देखाएको छ । रक्सीकै कारण अमेरिकामा बर्सेनि १० लाख जनामा क्यान्सर देखिने र तीमध्य २० हजार जनाको ज्यान जाने गरेको अध्ययनले देखाएको छ ।

अमेरिकामा सुर्ती र मोटोपनापछि क्यान्सरको तेस्रो कारण रक्सी देखिएको छ । डाक्टर मूर्तिले अमेरिकामा रक्सी र चुरोटसम्बन्धी चेतावनी सन् १९९८ पछि अध्यावधिक नगरिएको भन्दै अब अध्यावधिक गरेर रक्सीको बोतलमा अनिवार्य चेतावनी समेट्न आग्रह गर्नुभएको छ । रक्सीको बोतलमै गर्भवती महिलाले खान अयोग्य भनेर लेख्न समेत उहाँको माग छ ।

डाक्टर श्री मूर्तिले रक्सी खानको लागि सिफारिस गरिएका सीमाहरूको पुनः मूल्याङ्कन गर्न र रक्सी र क्यान्सरसम्बन्धी शिक्षा प्रयासहरूलाई बढावा दिन पनि आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more