दार्चुलामा एम्बुलेन्स दुर्घटना चालक घाइते

पुस १६ ।बझाङ –  दार्चुलामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । सोमवार राती व्याँस गाउँपालिका वडा नम्बर ३ गल्थामा सुपप्र ०१–००१ च ३८३० नम्बरको गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ  । एम्बुलेन्स दुर्घटना हुँदा चालक बिरा डडाल घाईते भएका छन् ।

गल्था बस्ने एम्बुलेन्सका चालक आफ्नो घर जाने क्रममा उक्त एम्बुलेन्स दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परेको एम्बुलेन्स पूर्ण रुपमा क्षति भएको छ । चालक डडालको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचार र चेकजाँचका लागि भारतको पिथौरागढ पठाइएको छ । एम्बुलेन्स दार्चुला-टिंकर सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more