१४ मंसिर २०८१, शुक्रबार १५:२२, १४ मंसिर २०८१, शुक्रबार १५:२२१४ मंसिर २०८१, शुक्रबार १५:२२
नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्के

रिदेन महर्जन काठमाडाैं । नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्केका छन् । कलाकार अशेष डंगोलले आर्लिंङगटन, भर्जिनिया; ह्युस्टन, टेक्सास; हन्ट्सभिल, अलाबामा; टुपेलो, मिसिसिपी; पिट्सवर्ग, क्यालिफोर्निया; एल सेरीटो, क्यालिफोर्निया तथा लंग विच, क्यालिफोर्नियामा आफ्नो प्रस्तुतिहरू देखाएका थिए। हिमालयन हेन्ड्रीक्स‌को उपनामबाट विश्वभर चिनिने…

२५ कार्तिक २०८१, आईतवार १५:२७, २५ कार्तिक २०८१, आईतवार १५:२७२५ कार्तिक २०८१, आईतवार १५:२७
मातृभाषा सेवी नेपाल सम्बत अगुवा विष्णु चित्रकार सम्मानित

काठमाडौं । यस वर्षको नेपाल सम्बत पुरस्कार भाषा सेवी, नेपाल सम्बत आन्दोलनका अगुवा विष्णु चित्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ। नेपालको मौलिक तथा राष्ट्रिय सम्बतको अवस्थामा गत कछ्लाथ्व १ पारू (कार्तिक १७ गते) शनिबार नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ ले वसन्तपुरमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलिको हातबाट…

७ श्रावण २०८१, सोमबार ११:५०, ७ श्रावण २०८१, सोमबार ११:५०७ श्रावण २०८१, सोमबार ११:५०
पर्वत सेवा समाज युएईको ११औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न ।

बझाङ – पर्वत सेवा समाज युएईको ११ औं बार्षिकोत्सव तथा साधारणसभा आइतबार दुबईको वरदुबईमा सम्पन्न भएको छ । कार्यक्रमको  प्रमुख अतिथि सन्स्थाका संरक्षक  मोहन शर्मा , बिशेष अतिथी प्रमुख सल्लाहकार  मणि भुर्तेल , बरिस्ठ सल्लाहकार  बालाकृष्ण अधिकारी , बरिस्ठ सल्लाहकार  गोपिचन्द्र भुषाल , बरिस्ठ सल्लाहकार  राजेन्द्र अधिकारी , बरिस्ठ सल्लाहकार …

६ श्रावण २०८१, आईतवार २०:५०, ६ श्रावण २०८१, आईतवार २०:५०६ श्रावण २०८१, आईतवार २०:५०
महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ। श्रीलङ्काको डम्बुला स्टेडियममा टस जितेर पाकिस्तानले सुरुमा फिल्ड रोजेको हो। नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ। समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको छ। पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल सेमिफाइनलको…

५ श्रावण २०८१, शनिबार १५:१५, ५ श्रावण २०८१, शनिबार १५:१५५ श्रावण २०८१, शनिबार १५:१५
प्रधानमन्त्री ओलीले भोली विश्वासको मत लिनेः   विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

काठमाडौँः  नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरे। साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय…

३० असार २०८१, शनिबार १५:०५, ३० असार २०८१, शनिबार १५:०५३० असार २०८१, शनिबार १५:०५
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन सुझाव 

बझाङ –सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन आग्रह गरिएको छ । शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेटमाथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् । नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परीसकेकाले…

२९ असार २०८१, शुक्रबार १८:२८, २९ असार २०८१, शुक्रबार १८:२८२९ असार २०८१, शुक्रबार १८:२८
प्रधानमन्त्री प्रचण्ड पदमुक्त

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८…

२९ असार २०८१, शुक्रबार १७:३४, २९ असार २०८१, शुक्रबार १७:३४२९ असार २०८१, शुक्रबार १७:३४
कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

बझाङ –जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले कञ्चनपुरको दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । वरिष्ठ मौसमविद् इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए नभएको…

२६ असार २०८१, मंगलवार १५:३३, २६ असार २०८१, मंगलवार १५:३३२६ असार २०८१, मंगलवार १५:३३
आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज नहुने

काठमाडौं : नेपाल टेलिकमले मोवाइल सेवामा आज राति रिचार्ज नहुने जनाएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ । राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।…

७ असार २०८१, बिहीबार १५:५०, ७ असार २०८१, बिहीबार १५:५०७ असार २०८१, बिहीबार १५:५०
आफूले सम्बोधन गर्दा संसदमा शीर्ष नेता उपस्थित नभएको प्रचण्डको गुनासो

बझाङ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । प्रश्नोत्तरमा ११ जना सांसदले भाग लिए । प्रश्नोत्तर कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्डले आफूले सम्बोधन गर्ने क्रममा संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो…