१६ मंसिर २०८१, आईतवार १४:२२, १६ मंसिर २०८१, आईतवार १४:२२१६ मंसिर २०८१, आईतवार १४:२२
बझाङको सुर्मा- ४ मा मतदान जारी

बझाङ : बझाङको सुर्मा गाउँपालिका- ४ मा वडा अध्यक्ष पदका लागि सुर्मा माध्यमिक विद्यालयमा मतदान भइरहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएकोसमेत उनको भनाइ छ । सुर्मा गाउँपालिका वडा नं ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो ।

वडाध्यक्षको लागि नेपाली काङ्ग्रेसबाट धीरेन्द्र पुजारा, एमालेबाट लखिचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रबाट पुष्कर बोहरा गरी ३ जनाको मात्रै उम्मेदवारी परेको छ । सुर्मा- ४ मा १ हजार ५५४ जना मतदाता रहेका छन् ।

निर्वाचनमा दुई वटै मतदान केन्द्रमा गरी दुई जना मतदान अधिकृत, दुई जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगी गरि जम्मा १० जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

सम्बन्धि समाचार
गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

गोरखा — गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन Read more

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, Read more

नेपालमा चीनको क्रियाशीलता बढ्छ कि घट्छ ?

चीन पहिलो विश्वशक्ति बन्ने दौडमा छ । अमेरिका चीनको उदयलाई ब्रेक लगाउन चाहन्छ । आईपीएस होस् या ग्लोबल सेक्युरिटी इनिसियटिभ Read more

बागीलाई राष्ट्रियसभा सदस्य र राजदूतको प्रलोभन

शनिबार विराटनगरको भेलामा प्रचण्डले भने, ‘अहिले टिकट नपाउनुभएको वा टिकट वितरणमा भन्या जस्तो नभएकाले मन खुम्चिएका साथीहरुलाई पनि भोलि बहुमतको Read more

निर्वाचन आचारसंहितामा कडाई हुन्छ

कोईराला बुटवल,२७ कार्तिक । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनितिक दलहरुले Read more

स्वास्थ्यकर्मिले पाएनन् तलब कालिकोट

‘म पलाँता अस्पतालमा अनमिको रूपमा काम गर्थे। त्यो पलाँता गाउँपालिकाले अस्पतालका करार कर्मचारी हटायो। अहिलेसम्म तिन महिनाको हाजिर गरेर त्यतिकै Read more