६ कार्तिक २०७९, आईतवार २०:५४, ६ कार्तिक २०७९, आईतवार २०:५४६ कार्तिक २०७९, आईतवार २०:५४
गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

गोरखा — गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले ढोका थुनेर हातपात गरेको अस्पतालले जनाएको छ ।

आइतबार दिउँसो एक महिला ओपीडीमा थाइराइडको परीक्षणका लागि पुगेकी थिइन् । रिपोर्ट चिक्तबुझ्दो नभएको भन्दै कुटपिट भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन हरिकुमार श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुन वमोजिम कारबाहीको लागि अस्पताल व्यवस्थापन समितिले माग गरेको छ । ‘ओपीडीमा कार्यरत डक्टरमाथि सुनियोजित रुपमा कुटपिट भयो,’ अस्पताल विकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले भने,‘ड्युटीमा रहेकै बेला तीन युवाले ढोका लगाएर कुटपिट गरेछन् ।’ घटनाबारे अस्पताल प्रशासनले प्रहरीलाई पनि जानकारी गराएको छ ।

कुटपिटमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए । ‘एक महिला थाइराइडको नियमित जाँचका लागि जानुभएको रहेछ, डक्टरले पहिलेको रिपोर्ट मागेपछि बाहिरबाट आएका तीन युवाले कुटपिट गरेका रहेछन्,’ उनले भने ।

कुटपिटमा संलग्नको पहिचान भइसकेको पनि उनले बताए । कुटपिट भएका चिकित्सक पराजुलीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

सम्बन्धि समाचार
बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, Read more

नेपालमा चीनको क्रियाशीलता बढ्छ कि घट्छ ?

चीन पहिलो विश्वशक्ति बन्ने दौडमा छ । अमेरिका चीनको उदयलाई ब्रेक लगाउन चाहन्छ । आईपीएस होस् या ग्लोबल सेक्युरिटी इनिसियटिभ Read more

बागीलाई राष्ट्रियसभा सदस्य र राजदूतको प्रलोभन

शनिबार विराटनगरको भेलामा प्रचण्डले भने, ‘अहिले टिकट नपाउनुभएको वा टिकट वितरणमा भन्या जस्तो नभएकाले मन खुम्चिएका साथीहरुलाई पनि भोलि बहुमतको Read more

निर्वाचन आचारसंहितामा कडाई हुन्छ

कोईराला बुटवल,२७ कार्तिक । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनितिक दलहरुले Read more

कर्णाली करिडोरमा सुख्खा पहिरो

कर्णाली करोड अन्तर्गत कालिकोटको पचालझरना गाउँपालिकाको लाफामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। शनिवारदेखि सुख्खा पहिरो खस्दा करिडोर अवरुद्ध Read more

स्वास्थ्यकर्मिले पाएनन् तलब कालिकोट

‘म पलाँता अस्पतालमा अनमिको रूपमा काम गर्थे। त्यो पलाँता गाउँपालिकाले अस्पतालका करार कर्मचारी हटायो। अहिलेसम्म तिन महिनाको हाजिर गरेर त्यतिकै Read more

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ