१४ मंसिर २०८१, शुक्रबार १९:०४, १४ मंसिर २०८१, शुक्रबार १९:०४१४ मंसिर २०८१, शुक्रबार १९:०४
सुदूरपश्चिम लगाएत बझाङका हिमाली भेगमा समयमा पानी नपर्दा किसान चिन्तित

बझाङ : सुदूरपश्चिम लगाएत बझाङका हिमाली भेगमा समयमा पानी नपर्दा किसानले लगायकाे हिउँदे खेती गहुबाली खेतमै सुक्न सुरु भएको छ । समयमा पानी नपर्दा किसानले लगाएको हिउँदे खेती गहुबाली सुक्न थालेको हो । सुदूरपश्चिम लगाएत बझाङ जिल्ला का अधिकांश हिमाली भेगमा आकाशे पानी को भरमा किसानले खेती पाती गर्ने गर्दछन् । आकाशे पानी कै भरमा खेती हुने ठाउँमा गहुबाली खेतमै सुक्न थालेको बुंगल नगरपालिका १का किसान प्रेम बहादुर धामी बताउनु भयो ।

समयमा पानी पर्न छोडे पछि गहुबाली भित्र्याउने समयमा भोकमरी हुन सक्ने किसानले चिन्ता गरेका छन् । बझाङको बुंगल नगरपालिका , बिथ्डचिर गाउँपालिका ,सैपाल गाउँपालिका लगाएत सबै पालिकाका हिमाली भेगहरुमा किसानले लगाएको हिउँदे बाली सुक्न थालेपछि भोकमरी हुन् सक्ने बुंगलनगरपालिका २का किसान देव बहादुर धामीले दुखेसो गर्नु भयो । हिउँदे बालीलाई समय समयमा पानी चाहिने हुने भएकोले अहिलेसम्म पानी नपर्दा किसानलाई हिउँदे खेती गहुवालीको चिन्ता हुने गरेको स्थानीय किसानहरुले बताएका छन् ।