सत्य ठहरिए मुकुल ढकाल, रविले हुन्डीबाट अमेरिका पैसा पठाएको पुष्टि !

काठमाडौँ, २२ पुस : आफूमाथि आलोचनासहितको प्रतिवेदन बनाएपछि रास्वपा सभापति रवि लामिछानेले मुकुल ढकाललाई महामन्त्रीबाट निलम्बन गरे।

पछि निस्काशन नै गरे।निस्काशनमा परेपछि मुकुलले भनेका थिए, लामिछानेले नेपालबाट हुन्डी गरेर रकम अमेरिका पठाउने गरेका छन्। लामिछानेले हुन्डीमार्फत् अमेरिकामा पठाएको रकमको ब्यवस्थापन रास्वपाकै केन्द्रीय सदस्य मोहन थापाले गर्दै आएका थिए। अमेरिकामा हुँदा मोहन थापा र रवि सँगै बस्ने गरेका थिए।

ढकालले अन्तर्वार्ताका क्रममा पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा प्रहरीका सरुवा बढुवामा पैसा खाएको र उक्त रकम हुन्डीमार्फत् अमेरिका पठाउने गरेको बताएका थिए। हुन्डीमार्फत् पठाइएको उक्त रकम रास्वपाका केन्द्रीय सदस्यद्वय मोहन थापा र गोमा क्षेत्रीले अमेरिकामा बुझ्ने गरेको उनले बताएका थिए।

‘अमेरिकामा रास्वपाका मोहनजंग थापा र गोमा क्षेत्री भन्ने दुई जना केन्द्रीय सदस्य हुनुहुन्छ । गोमा क्षेत्रीको नामबाट प्रत्येक महिना अढाइ लाखको दरले पार्टीलाई पैसा पनि आउँछ । यो लेनदेन अमेरिकामा हुन्छ, लेनदेन यहाँबाट प्रमाणीकरण हुँदैन,’ मुकुलले भनेका थिए।

त्यतिखेर मुकुलको निकै आलोचना भएको थियो। तर, प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् आइतबार जिल्ला अदालत काठमाडौंमा दायर मुद्दाले यो पुष्टि गरेको छ कि रविले अमेरिकामा पैसा पठाउने गरेका थिए।

लामिछानेको नामबाट रेमिटेन्सबाट विदेशमा ७५ लाख १० हजार गएको देखिन्छ। २०२१ सेप्टेम्बर ११ मा १७ लाख ८२ हजार, त्यही मितिमा तीन हजार पाँच सय ६४, सन् २०२२ मार्च १३ मा २२ लाख ११ हजार, २०२२ मार्च २७ मा २१ लाख ९५ हजार रेमिटेन्सबाट विदेशमा रकम गएको देखिन्छ। यसैगरि २०२२ सेप्टेम्बरमा पुन १३ लाखसहित गरेर ७५ लाख रेमिटेन्सबाट विदेशमा रकम गएको विवरणमा देखिन्छ।

लामिछानेले बयानका क्रममा उक्त रकम गोर्खा मिडिया नेटवर्कले अन्तराष्ट्रिय समाचार एजेन्सीहरु, स्याटलाईट कम्पनी लगायतसँग सम्झौता गरेको बताएका छन् । लाओएशिया प्यासिफिक स्याटलाइट कम्पनीसँग सम्झौता गरेको र उक्त रकम त्यही कम्पनीलाई पठाएको हुनसक्ने उनले बयानमा उल्लेख गरेका छन् ।

यसरी नेपालबाट विदेश पैसा पठाउनु गैरकानुनी मानिन्छ।काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा लामिछाने र उनका व्यापारिक साझेदार जीबी राईसहित ३९ जनाविरुद्ध मुद्दा दायर हुँदा यस्तो भेद खुलेको हो। वकिल कार्यालयले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो दाबी मागदाबी गरेको छ। उनीहरूविरुद्ध संगठित ठगी कसुरमा मुद्दा दायर भएको छ।

प्रहरीले लामिछानेको हस्ताक्षर रहेका १६ वटा चेक फेला पारेको छ। ‘गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ००४०१०१००००५७७ बाट जारी भएको लामिछानेको हस्ताक्षर भएको चेकमार्फत ९० लाख १६ हजार ६६० रुपैयाँ सहकारीलाई भुक्तानी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ । प्रहरीले लामिछानेको हस्ताक्षर रहेको केही चेक र जारी मिति समेतका विवरण समेत समावेश गरेको छ ।

अभियोगपत्रमा गितेन्द्रबाबु (जिबी) राई नेतृत्वको आपराधिक समूहबाट हिनामिना भएको रकममध्ये ५ करोड ७८ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

कारोबार गरेको रकम गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकहरुले गैरकानूनी रुपमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा ल्याएर संगठित समूहका व्यक्तिहरुमार्फत अपचलन गरी संगठित रुपमा ठगी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ, ‘गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा विभिन्न समयमा अध्यक्ष गितेन्द्रबाबु राई, पूर्वसञ्चालकरउपाध्यक्ष छविलाल जोशी, पूर्वनिर्देशक रवि लामिछाने र उपाध्यक्ष कुमार रम्तेलको प्रत्यक्ष संलग्नता र निर्देशनमा कानून विपरीत सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more