पुस१३ ।डोटी – डोटीमा चट्याङ लागेर एक जना घाइते भएका छन। जिल्लाको जोरायल गाउँपालिका–३ ठाटिगडामा परेको चट्याङले २३ वर्षीय धिरजबाबु रोकाया घाइते भएका हुन। शनिवार कृषि गणनाका लागि भूपाल खत्रीको घरमा पुगेका रोकायामाथि चट्याङ पर्दा उनको आँखा र टाउकोमा समस्या भएको छ।
घटनापछि रोकायालाई सरस्वतीर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार भईरहेको छ । केन्द्रले उनको अवस्था खतरामुक्त रहेको भए पनि थप उपचारका लागि निगरानी आवश्यक रहेको बताएका छन्।
चट्याङका कारण भूपाल खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ। उनको घरमा बिजुली र भित्तामा क्षति पुगेको हो।
प्रतिक्रिया दिनुहोस