टिकटकलाई आपत, ट्रम्पलाई गुहार माग्ने सीईओ च्यूको तयारी

काठमाडौं : अमेरिकी सर्वोच्च न्यायालय अर्थात् सुप्रिम कोर्टले टिकटकमाथि प्रतिबन्धको कानूनलाई यथावत राख्ने आदेश दिएसँगै टिकटक मालिकलाई आपत परेको छ ।

आइतबारसम्म टिकटकको मूल चिनिया कम्पनी बाइटडान्सले प्लेटफर्म नबेचे अमेरिकामा प्रतिबन्धको सामना गर्नु पर्ने भएको हो । टिकटकले कानूनलाई चुनौति दिई गरेको अपिललाई सुप्रिम कोर्टले खारेज गरेर प्रतिबन्धको कानूनलाई यथावत राखेको छ ।

अमेरिकामा टिकटकका १७० मिलियन भन्दा बढी उपयोगकर्ता रहेका बताइन्छ । टिकटकको तर्क सर्वोच्च न्यायालयले सर्वसम्मतिले खारेज गरिदिएपछि वेब होस्टिङ्गबाटै प्लेटमर्फ हटाउनु पर्ने फसाद परेको हो । नभए टिकटकले तत्काल अमेरिकी संस्करणको लागि खरिदकर्ता खोज्नु पर्नेछ ।

ह्वाइटहाउसले आउने सोमबार कार्यभार सम्हाल्ने ट्रम्प प्रशासनले थप डण्डा लगाउने प्रतिक्रिया दिएको छ । ट्रम्पले डिजिटल प्लेटफर्मका सन्दर्भमा दीर्घकालिन निर्णय लिने कसम खाइसकेका छन् ।

टिकटकका सीईओ शो जी च्यूले ट्रम्पको शपथ समारोहमा विशिष्ट पाहुनाको रुपमा सहभागी हुने र ट्रम्प प्रशासनलाई टिकटक प्लेटफर्मलाई उपलब्ध राखिरहने प्रतिवद्धताका लागि गुहार माग्ने तयारी गरेका छन् ।

गत वर्ष पारित कानूनले टिकटकको मूल कम्पनी बाइटडान्सलाई १९ जनवरी २०२५ सम्म पूर्ण प्रतिबन्धबाट बच्नका लागि प्लेटफर्मको अमेरिकी संस्करण एक तटस्थ समूहलाई बेच्न अनुमति दिएको थियो । तर, अहिलेसम्म त्यो विक्री हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more