बाजुरामा विवाहमा गएका दुई समूहबीच झडप, एक जनाको मृत्यु

बाजुरा-बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार झडपका क्रममा घाइते भएका बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो।

उनी गएराति मोटाबाडामा आयोजित बिहे समारोहमा सहभागी हुन गएका थिए। सोही क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ। झडपमा गम्भीर घाइते भएका थापालाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा बुढीगंगा नगरपालिका–७ वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more

बुंगल नगरपालिकामा महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण शिविर संचालन हुने

बझाङ - बुंगल नगरपालिकामा महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ ।   बुंगल नगरपालिकाको स्वास्थ्य Read more

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै

काठमाण्डौ – महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ । शिवजी उत्पत्ति हुनुभएको रातका Read more