१३ श्रावण २०८१, आईतवार १३:१७, १३ श्रावण २०८१, आईतवार १३:१७१३ श्रावण २०८१, आईतवार १३:१७
कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी

कञ्चनपुर- कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको हो । महेन्द्रनगरबाट दाङको लमही जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही…

११ श्रावण २०८१, शुक्रबार १८:५४, ११ श्रावण २०८१, शुक्रबार १८:५४११ श्रावण २०८१, शुक्रबार १८:५४
दार्चुलाको नौगाडमा एक जना मृत फेला

बझाङ – दार्चुलाको नौगाड गाउँपालिकामा एक जना मृत फेला परेका छन् । नौगाड गाउँपालिका(५ सेला बगडमा एक जनाको शव फेला परेको हो । अहिले घटनास्थलमा स्थानीयसंग प्रहरी टोली खटिएको र मृतकको पहिचान खुल्न बाकी रहेको प्रहरीले बताउनुभयो । नौगाडमा चार पाँच दिन पहिलेदेखि एक जना सम्पर्कविहिन रहेको पनि बताइएको छ…

८ श्रावण २०८१, मंगलवार १५:४८, ८ श्रावण २०८१, मंगलवार १५:४८८ श्रावण २०८१, मंगलवार १५:४८
जयपृथ्वी राजमार्ग अवरुद्घ भएको ९ घण्टा पछि सुचारु

बझाङ -बझाङमा आज बिहानैदेखि अवरुद्घ भएको जयपृथ्वी राजमार्ग ९ घण्टापछि सुचारू भएको छ । बित्थडचिर गाउँपालिका-४ बल्लेखोलामा बिहान ६ बजेको समयमा पहिरो खस्दा अवरुद्घ भएको राजमार्ग दिउँसो २ बजे सुचारू भएको थियो । बित्थडचिर गाउँपालिका र सडक बिभागको स्काभेटरले सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारू भएको देउलेख प्रहरी बेसले जनाएका…

७ श्रावण २०८१, सोमबार ११:५०, ७ श्रावण २०८१, सोमबार ११:५०७ श्रावण २०८१, सोमबार ११:५०
पर्वत सेवा समाज युएईको ११औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न ।

बझाङ – पर्वत सेवा समाज युएईको ११ औं बार्षिकोत्सव तथा साधारणसभा आइतबार दुबईको वरदुबईमा सम्पन्न भएको छ । कार्यक्रमको  प्रमुख अतिथि सन्स्थाका संरक्षक  मोहन शर्मा , बिशेष अतिथी प्रमुख सल्लाहकार  मणि भुर्तेल , बरिस्ठ सल्लाहकार  बालाकृष्ण अधिकारी , बरिस्ठ सल्लाहकार  गोपिचन्द्र भुषाल , बरिस्ठ सल्लाहकार  राजेन्द्र अधिकारी , बरिस्ठ सल्लाहकार …

६ श्रावण २०८१, आईतवार २०:५०, ६ श्रावण २०८१, आईतवार २०:५०६ श्रावण २०८१, आईतवार २०:५०
महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ। श्रीलङ्काको डम्बुला स्टेडियममा टस जितेर पाकिस्तानले सुरुमा फिल्ड रोजेको हो। नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ। समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको छ। पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल सेमिफाइनलको…

६ श्रावण २०८१, आईतवार १९:१०, ६ श्रावण २०८१, आईतवार १९:१०६ श्रावण २०८१, आईतवार १९:१०
कैलालीको धनगढीमा अस्पतालको नाममा चर्च निर्माण गरिएपछि

धनगढी– कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो।जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन लिजमा लिएर चर्च निर्माण गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था नै खडा गरेर साढे चार कट्ठा जग्गा लिजमा लिइएको छ। तर…

६ श्रावण २०८१, आईतवार १९:०१, ६ श्रावण २०८१, आईतवार १९:०१६ श्रावण २०८१, आईतवार १९:०१
बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते

बैतडी – बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका–३ गौडालीकी ५२ वर्षीया जानकी अवस्थी घाइते भएकी हुन् । शनीबार दिउँसो उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला पहिरो खसेर टाउकोमा ढुङ्गा लागेर घाइते भएकी हुन । गम्भीर घाइते भएकी अवस्थीको डडेल्धुरा अस्पतालमा…

५ श्रावण २०८१, शनिबार १५:१५, ५ श्रावण २०८१, शनिबार १५:१५५ श्रावण २०८१, शनिबार १५:१५
प्रधानमन्त्री ओलीले भोली विश्वासको मत लिनेः   विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

काठमाडौँः  नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरे। साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय…

५ श्रावण २०८१, शनिबार १४:५२, ५ श्रावण २०८१, शनिबार १४:५२५ श्रावण २०८१, शनिबार १४:५२
बझाङमा जङ्गली विशालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी दुई जनाको अवस्था गम्भीर

बझाङ : बझाङमा जङ्गली विशालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का ४० वर्षिय तिलक पुजारा उनका छोराहरु १२ वर्षिय दर्शन पुजारा र ५ वर्षिय शुभम् पुजारा रहेका छन् । उनीहरु शुक्रबार दिउँसो १२ बजे विशालु च्याउ खाएर बेहोस्…

३० असार २०८१, शनिबार १५:०५, ३० असार २०८१, शनिबार १५:०५३० असार २०८१, शनिबार १५:०५
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन सुझाव 

बझाङ –सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन आग्रह गरिएको छ । शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेटमाथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् । नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परीसकेकाले…