बझाङ,बैतडी,मुख्य खबर,सुदूरपश्चिम बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ

बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ

बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ post thumbnail image

बझाङ –बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित कैलालीको धनगढीबाट पक्राउ परेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने २५ बर्षीय हेमन्त कार्की र बझाङको केदारस्युँ गाउँपालिका –२ घर भई हाल धनगढी उपमहानगरपालिका–२ बस्ने २० बर्षीय पारस रावल पक्राउ परेका हुन् ।

उनीहरुलाई ३२० मिलिग्राम खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट बिहीबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रण लिएको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post

धनगढीको सहीद गेटमा आगलागी, नियन्त्रण प्रयास जारीधनगढीको सहीद गेटमा आगलागी, नियन्त्रण प्रयास जारी

बझाङ : धनगढीको सहिद गेटमा रहेको एउटा मोबाइल पसलमा आगलागी भएको छ । सहिद गेटमा रहेको समीर मोबाईल पसलमा आगलागी भएको हो । अहिले प्रहरीले दमकलको सहायताले आगो निभाउने प्रयास

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्पबाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बझाङ : बाजुरा केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

बैतडीमा पासोमा परेको चितुवा भाग्योबैतडीमा पासोमा परेको चितुवा भाग्यो

बैतडी–बैतडीमा पासोमा परेको चितुवा भागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं कुमालीगाड भन्ने स्थानमा थापेको पासोमा सोमबार राति चितुवा फसेको थियो । जंगली बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा परेको

त्यः छिं त्यः कार्यक्रम अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य : मेयर चिरिबाबु महर्जनत्यः छिं त्यः कार्यक्रम अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य : मेयर चिरिबाबु महर्जन

काठमाडाैं । यल नेपालभाषा सहजकर्ता पुचकाे आयाेजनामा याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः  र सांस्कृतिक कार्यक्रम पाटन हाई स्कुल शुक्रबार सभ्य भव्य रुपमा सम्पन्न भएकाे छ । प्रमुख अतिथि ललितपुर

कीर्तिपुरका सबै नीजि विद्यालयहरुमा नेपालभाषा अनिवार्य तथा उच्च तहमा छात्राबृत्तिकाे व्यवस्था गराउन ध्यानाकर्षणकीर्तिपुरका सबै नीजि विद्यालयहरुमा नेपालभाषा अनिवार्य तथा उच्च तहमा छात्राबृत्तिकाे व्यवस्था गराउन ध्यानाकर्षण

बझाङ – कीर्तिपुर नगरपालिकाका नीजि विद्यालयमा अनिवार्य गराउन तथा बि.ए. देखि पी.एच.डी सम्म नेपालभाषा विषयमा छात्रावृत्ति गराउनका मातृभाषा नेपाल भाषाप्रेमीहरुले ध्यानाकर्षण गराएका छन् । उनीहरुले कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य