बैतडी,मुख्य खबर,सुदूरपश्चिम बैतडीमा पासोमा परेको चितुवा भाग्यो

बैतडीमा पासोमा परेको चितुवा भाग्यो

बैतडीमा पासोमा परेको चितुवा भाग्यो post thumbnail image

बैतडी–बैतडीमा पासोमा परेको चितुवा भागेको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं कुमालीगाड भन्ने स्थानमा थापेको पासोमा सोमबार राति चितुवा फसेको थियो । जंगली बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा परेको हो ।

पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली आएको भएपनि मंगलबार राति चितुवा पासो चुँडालेर भागेको डिभिजन वन कार्यालयका वन अधिकृत नरेशचन्द्र कर्णले बताए ।

चितुवाको घाँटी पासोमा परेको थियो । मंगलबार दिनभरी पासोमै रहेको चितुवाको घाँटीमा ठूलो घाउ परेको छ । मंगलबार रातिको समयमा पासोमा फसेको चितुवा भागेको बताइएको छ । चितुवा घाइते भएको हुनाले स्थानीयबासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको वन अधिकृत कर्णले बताए ।

चितुवाको घाँटीमा ठूलो घाउ भएकाले चितुवा मर्न सक्ने अनुमान समेत गरिएको छ ।

यसअघि गएको असोज १२ गते बैतडीको दशरथचन्द नगरपालिका –१ खालमा पनि पासोमा परेको चितुवा पासो चुँडालेर भागेको थियो । असोज ११ गते पासोमा फसेको चितुवा दोश्रो दिन भागेको थियो ।

जंगली जनावरबाट बालीनाली जोगाउनका लागि स्थानीय किसानहरुले पासो थाप्दै आएका छन् । पासोमा परेर चितुवा घाइते हुने क्रम बढेको छ भने केही ठाउँमा पासोमा फसेर चितुवा मरेका घटना समेत रहेका डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए ।

Related Post

दार्चुलामा किशोरीहरुलाई आत्मारक्षा तालिम दिइदैदार्चुलामा किशोरीहरुलाई आत्मारक्षा तालिम दिइदै

दार्चुला । दार्चुलाका दुई वटा विद्यालयका किशोरीहरुलाई आत्मारक्षा तालिम दिइदैछ । सामाजिक विकास कार्यालय दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम स्थित महेन्द्र नमुना मावि खलंगा र छन्ना तिंकरी कन्या मावि का दुई

बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउबैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ

बझाङ –बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित कैलालीको धनगढीबाट पक्राउ परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने २५ बर्षीय हेमन्त कार्की र बझाङको

कीर्तिपुरका सबै नीजि विद्यालयहरुमा नेपालभाषा अनिवार्य तथा उच्च तहमा छात्राबृत्तिकाे व्यवस्था गराउन ध्यानाकर्षणकीर्तिपुरका सबै नीजि विद्यालयहरुमा नेपालभाषा अनिवार्य तथा उच्च तहमा छात्राबृत्तिकाे व्यवस्था गराउन ध्यानाकर्षण

बझाङ – कीर्तिपुर नगरपालिकाका नीजि विद्यालयमा अनिवार्य गराउन तथा बि.ए. देखि पी.एच.डी सम्म नेपालभाषा विषयमा छात्रावृत्ति गराउनका मातृभाषा नेपाल भाषाप्रेमीहरुले ध्यानाकर्षण गराएका छन् । उनीहरुले कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य

त्यः छिं त्यः कार्यक्रम अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य : मेयर चिरिबाबु महर्जनत्यः छिं त्यः कार्यक्रम अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य : मेयर चिरिबाबु महर्जन

काठमाडाैं । यल नेपालभाषा सहजकर्ता पुचकाे आयाेजनामा याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः  र सांस्कृतिक कार्यक्रम पाटन हाई स्कुल शुक्रबार सभ्य भव्य रुपमा सम्पन्न भएकाे छ । प्रमुख अतिथि ललितपुर

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्पबाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बझाङ : बाजुरा केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन