रिदेन महर्जन काठमाडौं । कीर्तिपुरमा इन्द्रायणी जात्रा भव्य रुपमा सम्पन्न भएको थियो । काठमाडौंबाट करिब ७ किलोमिटर टाढा रहेको कीर्तिपुरमा इन्द्रायणी देवी जात्रा मंसिर २५ गते मंगलबार भव्य रुपमा मनाइएको छ।
काठमाडौंको दक्षिण भेगमा रहेको कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ पर्दछ । यी सात गाउँ मिलेर गरिने जात्रा भएकोले यसलाई ‘न्हयगां जात्रा’ ‘सात गाउँ जात्रा’ काे नामले चर्चित रहेकाे छ ।
यी जात्रामा मूलतः अष्टमातृका देवीहरूको गरिन्छ । हरेक गाउँमा जात्रा चलाइने आआफ्नै देवीहरूको बेग्लै महत्व रहेको छ । कतै बिष्णुदेवी, कतै महालक्ष्मी, कतै भैरब, कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा गरिन्छ । कीर्तिपुरको द्यः ढोकाकाे इन्द्रायणी मन्दिरबाट इन्द्रायणी देवीलाई खटमा राखेर कीर्तिपुर परिक्रमा पश्चात बाघभैरव मन्दिरमा पुगेर जात्रा सम्पन्न गरिन्छ । कीर्तिपुरे बासिन्दाहरूले धुमधामसित मनाइने यस जात्रा स्थानीयहरूको सबैभन्दा महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । सो जात्रा हेर्न काठमाडौं, भक्तपुर ललितपुर लगायत अन्य विभिन्न जिल्लाबाट जात्रा हेर्न आउने गरिन्छ ।
मंसिर २३ गते आइतबार नगाउँको धाल्चा खाकेगु जात्राबाट सुरु भएको मसिंर २७ गते सतुंगलको जात्रा पश्चात यस बर्षकाे न्ह्यगां जात्रा (सात गाउँले) जात्रा सम्पन्न भएको छ ।