कालिकोट : बालबिबाह रोक्नका लागि देवताका धामीझाँक्रि र बिबाह गर्ने पण्डीत नै सक्रिय हुन थालेका छन् । पछिल्ला समय स्थानिय सरकार र बालबिबाह बिरुद्ध अभियान चलाईरहेका गैरसरकारी निकायहरुको सहजिकरणमा बालबिबाह रोक्न देवताका धामी र बिबाह गरिदिने पण्डीत नै सक्रिय हुन थालेका हुन् ।
जिल्लाको शुभकालिका गाँउपालिकामा शनिबार गाँउपालिकामा रहेको सबै देवीदेवताका धाँमी झाँक्रि र पण्डीतहरुले बालबिबाह बिरुद्ध एक्यबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । शुभकालिका गाँउपालिका र किर्डाक नेपालको सयुक्त आयोजना भएको धाँमी झाँक्रि तथा पण्डिीतहरुको भेलामा बालबिबाह कोही कसैले गर्ने र गराउने छैनौँ, २० बर्ष नपुगेकालाई लगन दिने छैनौँ, लगन माग्ने आउनेलाई दुलाह र दुलहीको जन्मदर्ता माग्नेछौँ, बालबिबाह बिरुद्धको अभियानको नेतृत्व धामी झाँक्रि र पण्डीतहरुले नै गर्नेछौँ र कसैले बालबिबाह गर्न लागे सम्बन्धित ठाँउमा जानकारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा शुभकालिका गाँउपालिका अध्यक्ष गोबिन्द आचार्यले बालबिबाह, छाउपडी प्रथा, घरेलु हिंसा जस्ता सामाजिक बिकृति मुक्त गाँउपालिका बनाउने अभियानमा धाँमी, झाँक्रि र पण्डीतहरुको साथले उत्साह थपिएको बताए । उनले भने, हामी हिंसा र बिभेद मुक्त समाज बनाउने अभियानमा छौँ । यो अभियानलाई सफल बनाउनका लागि सबैको सहयोगको अपेक्षा गरेका छौँ । गाँउपालिका उपाध्यक्ष धर्मा शाहीले सामाजिक बिकृतिहरुका कारण महिला, दलित, बालबालिका जस्ता लक्षित समुहहरुले समस्या भोग्नु परेको बताउदै यसका बिरुद्ध कडा रुपमा लाग्ने बताईन् । उनले भनिन्, हामीले सुरुवातमा सबैलाई सचेतना जोगाउछौँ । सबै पक्षहरुसँग छलफल गरेर बालबिबाह, छाउपडी प्रथा, बुहबिबाह, लैंगिक हिंसा जस्ता सामाजिक बिकृति बिरुद्धको अभियान थाल्छौँ । तर सचेत बनाउदा बनाउदै पनि कसैले हिंसा र बिभेद गरे कडा रुपमा कानुनी कारबाही गर्ने व्यवस्था मिलाउछौँ ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति नन्दबहादुर शाहीले बालबिबाह कानुनी र सामाजिक अपराध भएकाले हामी त्यसलाई अन्त्य गर्न लागिरहेको बताए । उनले भने, बिभेद र हिंसा गर्ने जोकोही भएपनि राजनीतिक संरक्षण हुदैन् । सरकार, स्थानिय नागरिक, पण्डीत र धामीहरु सबैले थालेको यो सामाजिक बिकृति बिरुद्धको अभियानमा नेपाली कांग्रेसले पनि एक्यबद्धता जनाउछ । बिभेद र हिंसा गर्नेलाई कुनै पनि पाटीले राजनीतिक संरक्षण गर्नु हुँदैन् । कार्यक्रममा किडाक नेपालका प्रतिनिधि प्रकाश शाहीले शुभकालिका गाँउपालिकामा सामाजिक बिकृति बिरुद्धको अभियानका बिषयमा जानकारी गराउदै सरकारसँग सहकार्यले विगतमा ७५ प्रतिशत बालबिबाह हुने गाँउपालिकामा हाल १५ प्रतिशतमा झरेको बताए । कार्यक्रममा अन्य सरोकारवालाहरु तथा धामी झाँक्रि तथा पण्डीतहरुले उमेर नपुगेका कुनै पनि दुलाह वा दुलहिलाई लगन नदिने बताए । कार्यक्रममा २० बर्ष पुग्दा पनि बिबाह नगरेर बसेका ६ जना किसोरीहरुलाई सम्मान गर्नुका साथै सामाजिक बिकृति बिरुद्धका देउडा, एकल गित लगायतका सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

थप समाचार

आज पितृ पक्ष अर्थात सोह्रश्राद्ध समापन गरिँदै

असोज कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । शुरुको दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध

बैतडीमा एक युवक मृत फेला

बझाङ : बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सुन्दरखालीका अन्दाजी २३ बर्षीय चक्रराम लावड बुधबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

डोटीका एक नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार

बझाङ :  डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ। मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी