भुमिराज खबर

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह पत्नी अमृतासँगै सोमबार गृह जिल्ला बझाङतर्फ जाँदै थिए ।

६ जेठमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका सिंह मन्त्री बनेपछि पहिलो पटक निर्वाचन क्षेत्र जान लागेका थिए ।

मन्त्रालयका कर्मचारी र निजी सचिवालयका कर्मचारीसहितको टोली लिएर चुनाव क्षेत्र जाँदै गरेका उनी सोमबार साँझ डडेल्धुराको राइनो होटलमा बसेका थिए ।

मंगलबार बिहान मन्त्री सिंह सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडीमा अघि लागे भने मन्त्रालय र उनको सचिवालयका कर्मचारी सुपप्र ०१ ००१ झ ३३० नम्बरको अर्को गाडीमा उनीहरुलाई पछ्याउँदै बझाङतर्फ अघि बढे ।

दिउँसो १ः४३ बजे मन्त्री चढेको सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिका–१ को धारछडा भन्ने ठाउँमा सडकबाट ५० मिटर तल खस्न पुग्यो ।

कालङगाड नदीको किनारमा बजारिन पुगेको गाडीमा मन्त्री सिंहसँगै पत्नी अमृता, भाउजु जयादेवी, निजी सुरक्षा गार्ड (पीएसओ) प्रहरी सहायक हवल्दार दीपक भण्डारी र चालक धर्मराज जोशी थिए ।

मन्त्रीकी पत्नी अमृता र भाउजु जयाको बझाङकै एक निजी स्वास्थ्य संस्थामा मृत्यु भयो भने मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगियो । मेडिकल कलेजले अपरान्ह साढे ५ बजे मन्त्री सिंहको मृत्यु भएको घोषणा गरेको छ ।

निमित्त निर्देशक प्रा. डा. ढुण्डीराज पौडेलका अनुसार ४ः ५८ मन्त्री सिंहलाई हेलिकप्टरले अस्पताल ल्याईपुर्‍याएको थियो ।

‘मन्त्रीज्यूको अस्पतालमा पुग्ने बेलामा नै शरीरमा नाभीको चाल थिएन भने मुटुको धड्कनले पनि काम गर्न छाडिसकेको थियो’ उनले विज्ञप्तिमा भनेका छन् । तर उनको शरीरमा जीवित लक्षणहरु नदेखिएपछि ५ः३० मा मृत घोषणा गरेका पौडेलले जानकारी दिए ।

गाडीचालक धर्मराज जोशी र मन्त्रीका निजी सुरक्षाकर्मी भण्डारीको नेपालगञ्जमै उपचार भइरहेको छ ।

जयपृथ्वी नगरपालिका–१० घर भई हाल कञ्चनपुरको बेलौरी नगरपालिकामा बसोबास गर्दै आएका मन्त्री सिंहको बुधबार ढंगार मष्टा मन्दिर दर्शन र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम थियो ।

मन्त्रालयका अनुुसार बुधबार नै बझाङमा जिल्ला स्तरीय आपतकालीन उद्दार केन्द्रको उद्घाटन र कार्यालय प्रमुखहरुसँग भेटघाट कार्यक्रम राखिएको थियो । उनी बिहीबार धनगढी फर्किने तय थियो ।

४ मंसिरमा भएको प्रदेशसभा चुनावमा उनी बझाङ–१ बाट सुदूरपश्मिम प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी १२ वर्षसम्म नेपाली कांग्रेस बझाङको जिल्ला समिति सभापति रहेका थिए ।

थप समाचार

साउदी अरबमा गोली चल्दा एक नेपालीको मृत्यु

बझाङ :  साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि

निर्वाचन आचारसंहितामा कडाई हुन्छ

सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनितिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कही कतै उल्लधन भएका कारवाहीको भागीदार हुने बताएका छन् । आईतवार

बुङ्गल नगरपालिका वडा नम्बर ७ मा डाडागाउँ आधार भुत स्वास्थ्य एकाई बन्द हुदा सिटामोल पाउन पनि ४,५ घण्टा पैदल यात्रा गर्न बाध्य नेपाल सरकार को लगानीमा बनेका हजारौं संरचना अझै प्रयोगमा आएनन्

बझाङ जिल्ला बुङ्गल नगरपालिका वाड नम्बर ७ को डाडागाउँ टोल र लुङ्गडा टोलको सिमाना मा रहेको डाडागाउँ आधारभूत स्वास्थ्य एकाई दुई महिना देखि बन्द रहेको छ । उक्त डाडागाउँ आधारभूत