२२ कार्तिक २०८१, बिहीबार १२:५२, २२ कार्तिक २०८१, बिहीबार १२:५२२२ कार्तिक २०८१, बिहीबार १२:५२
बुंगलमा एक टेलिकम टावरको सोलार प्यानलमा तोडफोड , टेलिफोनमा समस्या अरु टावरले पनि घाम लागे मात्र काम गर्दै ।

बझाङ – जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १ डोलारीको डाडाँमा रहेको नेपाल टेलिकमको टावर सोलार सिष्टमबाट सञ्चालनमा रहेको छ । उक्त टावरमा सौर्य उर्जाको सोलारका केही पातामा टुडफुट भएको हुदा ब्याट्रिमा चार्ज ब्याकपमा समस्या आउने गरेको छ । यो टावरमा अज्ञात समूहले तोडफोड गरेको बताईएको छ।सोलार  प्यानलमा तोडफोड भएका कारण नेटवर्कमा समस्या आएको हुन सक्ने स्थानीयहरुले बताएका छन् ।सम्बन्धित निकायको उचित रेखदेख नहुदाँ यस्ता घटना बढ्दै गएको स्थानियको भनाई छ ।

बुंगल नगरपालिका भित्रका अरु ठाउँमा रहेका नेपाल टेलिकमका टावरमा पनि नेटवर्क समस्या  हुने गरेको छ ।अहिलेको सूचना प्रविधिको युगमा पनि गाउँमा बिहान घाम लाग्यो भने मात्रै मोबाइलमा नेटवर्क आउँने गरेको बुंगल नगरपालिका १ का स्थानिय धन बहादुर धामीले बताउनुभयो । उहाँले साँझ घाम अस्ताउँदा नेटवर्क पनि अस्ताउँने गरेको गुनासो गर्नुभयो । दिउँसो मात्रै मोबाइलमा नेटवर्क आउने भएकाले रातीको समयमा गाउँमा केहि समस्या परेपनि सम्पर्कविहिन हुने गरेको अर्का स्थानिय जयबहादुर बोहराले बताउनुभयो ।

जयबहादुर बोहरा मात्र होइन बुंगल नगरपालिकाका धेरै ठाउँका स्थानीयहरुको यो पीडा झेल्दै आएका छन् । इन्टरनेटको जमनामा पनि सञ्चार सुविधाबाट वञ्चित हुनुपर्दा धेरै दुःख लाग्छ । बुुंगल नगरपालिका २ का स्थानीय देव बहादुर धामी भन्नु भयो । यस विषयमा पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएको भए पनि आश्वासनमै सीमित भएको धामीको भनाइ छ ।

विज्ञान प्रविधिको युग भए पनि बुंगलमा आधारभूत आवश्यकताको रूपमा रहेको टेलिफोन र इन्टरनेट सेवा बादल लाग्नासाथ हराउनु लज्जास्पद भएको नागरिकको भनाई छ । बुंगल नगरपालिकामा फोन तथा इन्टरनेट सेवा प्रदान गर्नको लागि नेपाल टेलिकम संग समुन्य गर्दै बुंगल नगरपालिकामा ३, ४ ओटा टावर निर्माण गरेको छ । तर, ती टावरहरुमा राष्ट्रिय प्रशारण लाइनको विद्युत जोडिएका छनैन । सोलार सिष्टमबाट मात्र सञ्चालन भइरहेका छन् । विद्युत नपुगेका कारण यी टावरले घाम लाग्दा मात्रै काम गर्छन्, बादल लाग्नासाथ नेटवर्क समस्या हुने गरेकाे छ ।

यता, नेपाल टेलिकम दूरसञ्चार कार्यालय बझाङका कार्यालय प्रमुख बमबहादुर सिंहले डाँडामा टावरहरू भएको भए पनि अहिलेसम्म टावर रहेका डाँडासम्म विजुली पु¥याउने पहल नभएको र टावरहरूमा विद्युत् आपूर्ति हुन नसकेका कारण यस्तो समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै जस्तो जडान गरेका टावरमा विद्युत् आपूर्ती तथा ब्याट्रीको समस्या छ । अन्य प्राविधिक समस्याका कारण नेटवर्कले काम नगर्ने र काम गरेको ठाउँमा पनि राम्रोसँग काम नगर्ने वातावरण रहेको बताए ।