बझाङ : बझाङमा जङ्गली विशालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का ४० वर्षिय तिलक पुजारा उनका छोराहरु १२ वर्षिय दर्शन पुजारा र ५ वर्षिय शुभम् पुजारा रहेका छन् ।

उनीहरु शुक्रबार दिउँसो १२ बजे विशालु च्याउ खाएर बेहोस् भएको र तिलककी श्रीमतिले तत्काल जिल्ला अस्पताल बझाङ ल्याएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा  प्रहरी निरीक्षक किशोर जोशीले बताए ।

तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको र उनीहरु दुबैको अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए ।  तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएको उनको भनाई छ ।

थप समाचार

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, होडिङ बोर्ड र अन्य चम्किला बत्ती निभाउँदै रातिराति छापा मार्ने

बझाङमा सवारी साधन चेकजाँचमा कडाइ,जिपको छत हटाउँदै ट्राफिक प्रहरी

बझाङ – बझाङमा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । यात्रागर्ने यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन तीव्र गरिएको हो। जिल्लामा पछिल्लो समय ट्राफिक

प्रधानमन्त्री ओलीले भोली विश्वासको मत लिनेः   विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

काठमाडौँः  नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि साउन