बझाङ: बझाङमा जिल्ला स्तरीय सयुक्त कृत्रिम घटना अभ्यास गर्ने क्रममा डुबेर सशस्त्रका जवानको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका–७ घर भएका शशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको छ ।
बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास गर्दा गर्दै उनी डुबेका हुन आज बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेको थिए । बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।