बझाङ – बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौडकी अन्दाजी ४५ वर्षिया प्रमा बागको आज विहिबार काफलको रुखबाट खसेर एक ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बत्थडचिर गाउँपालिका – ७ स्थित ठुलीखाली भन्ने जंगलमा काफल टिप्न गएकि प्रमाको आज बिहिवार दिउँसो १२ बजे काफलको रुखबाट खसेर घटनास्थलमै ज्यान गएको छ ।

अहिले घटनास्थलमा प्रहरी टोली खटिएको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहले जानकारी दिएको छ ।

थप समाचार

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु 

बझाङ –बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो । आज (शुक्रबार) घाँस काटने क्रममा भिरबाट

बुङ्गल नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि दरबन्दी मिलान गर्दै !

बझाङ ।  बुङ्गल नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । नगरपालिकाको शैक्षिक कार्यक्रमअन्तर्गत शिक्षक दरबन्दी मिलान गर्न लागेको बताईएको छ । शिक्षा क्षेत्रको सुधारका लागि

लोक सेवाको ६ वटा परीक्षामा सफल बाजुराकी छाया

बझाङ : बाजुरा, ५ माघ । बुढीगंगा नगरपालिका- ६ माल्ताकी छाया जैशीले १० महिनाको अवधिमा लोक सेवा आयोगले लिएका ६ वटा लिखित परीक्षामा सफलता हात पार्नुभएको छ । देशकै बिकट