बझाङ:  थलारा गाउँपालिका वडा नम्बर ९ चित्रु फकाली वनमा आगलागी भएको छ । हिजाे (शुक्रबार) दिउँसो ३ बजेतिर मेलामा झिट्का पोल्नलाई लगाएको आगो चित्रु वनमा सल्किएर फकालीको वन सम्म आगलागि भएको थियो ।
मेलामा सल्काएको आगो चिुत्रु र फकाली बन सम्म पुगेपछि आगो निभाउने क्रममा दुई जनाको हातमा चोट लागेर घाईते भएका जनाएको छ । चित्रु र फकालीको वनमा आगो लागेर खेत सम्म आगो सल्किएपछि गहु बाली जलेर नष्ट समेत भएको छ र दुई घरको लागि काटेर राखेको दार पुर्णरुपमा जलेर खरानी भएको थलारा गाउँपालिका वडा नम्बर ९ चित्रुका समेति राजेश खड्काले जानकारी दिनुभयो ।हिजो दिउँसो ३ बजेदेखि वनमा लागेको आगो आज सम्म नियन्त्रणमा लिन नसकेको बताईएको छ ।

थप समाचार

सुदूरपश्चिमबाट पटकपटक अवसर पाएकाहरु नै राष्ट्रिय सभाका उम्मेदवार

बझाङ : सुदूरपश्चिममा बहुमत देखिएको सत्ता गठबन्धनका दलले संविधानको मर्म र राष्ट्रिय सभाको चरित्रलाई आत्मसात् नगरी उम्मेदवार बनाएका छन्। खासगरी गठबन्धनको मुख्य दल कांग्रेसले पटकपटक अवसर पाएका र गुटभित्र पनि

ओलीको चेतावनी : फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने बताएका छन् । बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला

बझाङ : बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । बित्थडचीर गाउँपालिका वडा नम्बर ४ देउलेखमा व्यापार गर्दै आएका ४५ वर्षीय राम ब. बोहरा आफ्नै कोठमा मृत