बझाङ : यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी पुरा भएको जानकारि दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उपनियन्त्रक केवली राम अधिकारीले पनि परीक्षाको तयारी सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त परीक्षाको लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका छन्।

विदेशमा समेत परीक्षा केन्द्र तोकिएको छ। ‘जापानमा एकवटा परीक्षा केन्द्र तोकिएको छ,’उहाँले भन्नुभयो। गत वर्षको एसइई परीक्षामा पनि जापानबाट १४ परीक्षार्थीहरू एसइईमा सहभागी भएका थिए। बोर्डले यसअघिबाटै वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरूले जापानबाटै परीक्षा दिन पाउने व्यवस्था गर्दै आएको छ।

यस वर्षको परीक्षालाई पनि मर्यादित बनाउनको लागि परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिने पनि बोर्डले जनाएको छ।

बोर्डका अनुसार यस वर्षको परीक्षामा चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने जनाएको छ। गत वर्ष करिब ५ लाख परीक्षार्थी परीक्षामा सहभागी थिए।

यस्तै सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका जारी गरेको २ वर्षपछि बल्ल एसइईमा ‘नन ग्रेडेड’ गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउँदै छ। बोर्डले यो वर्षको एसइईमा ३५ प्रतिशतभन्दा कम ल्याए नन ग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने जानकारी दिइसकेको छ।

परीक्षा बोर्डले २०७८ सालअघि ९ वटा तहमा विद्यार्थीको ग्रेडिङ गर्थ्यो। नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू भएकोमा लेटर ग्रेडिङ निर्देशिका २०७८ मा ७ वटा तहमा मात्रै विद्यार्थीको ग्रेडिङ गरिने भनिएको थियो। विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकामा गरिएको थियो।

तर,यो लागू भने भएन। अघिल्लो वर्षमा पनि यसबारे अन्योल थियो। बोर्डले अन्तिममा एसइईको नतिजा सार्वजनिक गर्ने वेला कोभिडको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको जनाएको थियो।

तर,यो वर्षको एसइईमा कम्तीमा ३५ प्रतिशत ल्याउनुपर्ने र कम ल्याएमा नन ग्रेडेड हुने राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख अर्यालले जानकारी दिए। उनका अनुसार पास हुन सबै विषयमा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने छ। ३५ प्रतिशत भनेको १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक ल्याउनुपर्ने छ। नल्याए फेल हुने बोर्डले बताएको छ।

बोर्डका प्रशासन महाशाखा प्रमुख अर्यालका अनुसार परीक्षामा सबै विषयमा ३५ प्रतिशतभन्दा बढी ल्याउनुपर्ने छ। कम ल्याएमा माथिल्लो तहमा पढ्न पाइँदैन। त्यसैले पनि राम्रोसँग परीक्षा तयारी गर्नुपर्ने छ।

फेल भएकाहरूको हकमा ३ पटकसम्म मौका परीक्षा दिन पाइने उनको भनाइ छ। निर्देशिकाअनुसार मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थी ३ पटकसम्म २ विषयमा ग्रेड वृद्धि परीक्षामा संलग्न हुन पाउनेछन्।

 

प्रकाशि : २०८० फागुन ३० गते बुधबार

थप समाचार

एसइईमा बैतडीका १८ विधालयको नतिजा शून्य

बझाङ : माध्यामिक शिक्षा परीक्षा एसैइईमा बैतडीका १८ वटा विधा लयको नतिजा शून्य आएको छ । बैतडीबाट एक सय ३२ विद्यालय परीक्षामा सहभागी रहेकामा १८ विद्यालयको नतिजा एनजी आएको छ

सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित,एमाले दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडे

बझाङ – नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेको थिए तर एमालेले सोडारीले हतार गरेको

कैलालीको धनगढीमा अस्पतालको नाममा चर्च निर्माण गरिएपछि

धनगढी– कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो।जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन लिजमा लिएर चर्च