काठमाडौं– आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो ।

घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको दाबी वाइबाले गरेकी छन् ।

यद्यपि, उनीविरुद्ध अन्य केही व्यक्तिले पनि मौखिक रुपमा थप उजुरी दिएको एक अधिकृतले बताए । जाहेरी परे उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने ती अधिकृतले बताए । अनलाईन खबरबाट सम्भार

 

 

प्रकाशित : २०८० फागुन १७ बिहीबार

थप समाचार

बझाङका एम्बुलेन्स चालक चरेस सहित धनगढीमा पक्राउ

बझाङ : धनगढी उपमहानगरपालिका ३ बोराडाडीबाट चरेस सहित बझाङका एम्बुलेन्स चालक समातिएका छन्। बझाङबाट बिरामी लिएर धनगढी पुगेका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खाती पक्राउ परेका

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता

बुंगल नगरपालिका वाड नं ९ का अध्यक्ष सिंह ले आफ्नो जन्म दिन को अवर मा त्रिवेणि आदर्श बहुमुखी क्याम्पस अक्षयकोष लाई पाँच हजार सहयोग

बझाङ : बुङ्गल नगरपालिका वडा न ९ का वडा अध्यक्ष हरिस सिहले आफ्नो जन्म दिनको अबसर मा जेठ ९ गते त्रिवेणि आदर्श क्याम्पसलाई पाँच हजार सहयोग गर्नु भयको छ ।