बझाङ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला राष्ट्रिय गौरवका आयोजनामा समेत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कपि-पेस्ट हुने गरेको बताएका छन् । उनले मुलुकमा विकास परियोजना सही ढंगले संचालनका लागि डीपीआर आतंकुबाट मुक्त हुनुपर्ने पनि धारणा राखेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारेको छलफलमा सहभागी हुँदै विकास आयोजनाका डीपीआर र अनुगमन वास्तविकताका आधारमा हुनुपर्ने बताए ।

त्यसका लागि कानुनी व्यवस्था पनि सही ढंगले तय गर्नुपर्ने उनको भनाइ थियो । ुलागत र समय मात्रै नभएर विकास आयोजनाहरूको गुणस्तर हेर्ने कहिले हो ? उनले भने,?यो डीपीआर आतंकबाट मुलुकलाई बाहिर निकालौं । यो डीपीआर, डीपीआर भएको छ । डीपीआर नभई भएन । कत्राकत्रा राष्ट्रिय गौरवका आयोजनामा डीपीआर कपिपेस्ट भएको भन्ने समेत सुनिएको छ । डीपीआर आतंकबाट बाहिर निस्किएर वास्तविक निर्माण र अनुगमनमा हामी कहिले प्रवेश गर्ने हो रुु

सभापति लामिछानेले परियोजनाको निर्माण कार्यका लागि योग्य निर्माण कम्पनी छनोट हुनुपर्ने बताएका छन् । उनले राजनीतिक दल र नेता निकटका निर्माण व्यवसायीले ठेक्का प्राप्त गर्दा विकास आयोजनाहरूको काम सम्पन्न हुन नसकेको बताए ।

राम्रो काम गर्ने क्षमता भएका ठेकेदारहरूले पनि राजनीतिक पहुँच नभएकाले योजना नपाउने गरेको बताउँदै उनले आयोजना अनुमगनकर्ताहरूको मापदण्ड तय गर्नुपर्ने र त्यस्ता त्रुटि गर्नेहरूलाई दण्डित गरी त्यो त्रुटि सच्याउने तरिकासहितको विधि निर्माण गर्नुपर्ने बताए ।

आफू मातहतका विकास परियोजनाहरूको अनुगमन गर्ने अधिकार स्थानीय तह र प्रदेशलाई पनि कानुनी रूपमै गर्नु राम्रो हुने पनि लामिछानेको भनाइ थियो ।

 

 

 

 

प्रकाशित : २०८० माघ १७ गते बुधबार

थप समाचार

वन जङ्गल मा आगलागि हुदा बझाङको अधिकांश भूभाग अँध्यारो

बझाङ : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ । मध्याह्नतिर वातावरण प्रदूषण भएपछि एक गाउँबाट अर्को गाउँसमेत नदेखिएको जयपृथ्वी

आज सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

बझाङ – देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।   जल

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन सुझाव 

बझाङ –सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन आग्रह गरिएको छ । शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री