बझाङ – एमाले बझाङ जिल्ला अधिवेशन उद्धाटन गर्न एमाले अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपिशर्मा ओली बझाङ आउने भएका छन् । यहि माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामामा संचालन हुने आठौँ जिल्ला अधिवेशनमा प्रमुख अथितिको रुपमा एमाले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपिशर्मा आली र विशिष्ट अथितीमा पार्टी महासचिव शंकर पोखरेललाई आमन्त्रण गरिएको छ ।

साथै एमाले बझाङले आठौ अधिवेशनलाई ऐतिहासिक रुपले भव्यताका साथ सम्मन गर्नको लागि दुई ओटा मुल समिती र १७ वटा उपसमिति गठन भएको माहाधिवेशन प्रचार प्रचार उपसमितीका संयोजक आनन्दलाल विश्वकर्माले जानकारी दिनुभएको छ ।

जिल्लाका सबै वडाहरुबाट माघ १० गते र पार्टीका भातृ संगठन बाट माघ ११ गते महाधिवेशन प्रतिधिनि छनोट गरिने उहाँले बताउनु भएको छ । एमाले बझाङको आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन बाट महाधिवेशन प्रतिनिधि छनौट गरिने एमाले ले जनाएको छ ।

 

  • प्रकाशित मिति : २०८० , माघ ५ गते शुक्रबार

थप समाचार

बालकुमारी घटनामा मारिएका दुई युवकको शव गाउँमै लगियो

बझाङ : बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टर मार्फत उनको घर पुर्‍याइएको छ । दैलेखका प्रमुख

बुंगल नगरपालिका ७ को सिजाली अठपाली सडक खण्ड आज बाट सुचारु

बझाङ : बुंगल नगरपालिका ७ जोडने सडक खण्ड वडा नम्बर ८ को सिजाली देखि अठपाली सम्मको सडक साउन देखि बन्द भएको सिजाली अठपाली जोड्ने सडक खण्ड हिजो बाट नगरपालिकाको जेसिवी

कांग्रेसलाई बोल्न दिइँदैन अब, पहिले रविले बोल्न पाउनुपर्छ : ओली

बझाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरोध गरे पनि अब मान्य नहुने बताएका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेससँग लत्रिनुपर्ने कुनै कारण