बझाङ – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८० , माघ २ गते मंगलबार

थप समाचार

जिल्ला खेलकुद समिति बझाङद्वारा ४ पालिकामा खेलकुद समिति मनोनित

बझाङ – बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनित गरेको छ । बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र थलारा

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि असईसम्मका पदमा भर्ना खुल्यो

बझाङ : नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना निकालेर १ सय २८ जनाका लागि आवेदन खुल्ला गरेको

धनगढीमा आगलागीबाट झण्डै १८ करोडको क्षति

बझाङ : धनगढीमा आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । शनिबार राति धनगढी उपमहानगरपालिका–१ को एलएनचोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई भएको आगलागीबाट १७