बझाङ:   छबिसपाथिभेरा गाउँपालिकाको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, रनिङ शिल्डको उपाधी बान्निचौर मावि बान्निचौर लाई
छबिसपाथिभेरा गाउपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बान्निचौर मावि बान्निचौरले जितेको छ । ९ स्वर्ण प्राप्त गर्दै बान्निचौर मावि बान्निचौरले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा दोस्रो भएको जनपृय मा.विले ८ स्वर्ण प्राप्त गरेको छ ।त्यस्तै ५ स्वर्ण सहित शान्ति मावि चौघानपाटाले तृतीय स्थान हासिल गरेको बान्निचौर मावि बान्निचौरका प्रधानाध्यापक लक्ष्मी राज जोशीले बताउनु भएको छ ।  बान्निचौर मावि बान्निचौरको खेलमैदानमा भएको प्रतियोगितामा गाउपालिका भरिका ८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन समारोह चौथो राष्ट्रपति रनिङ शिल्डका ब्यबस्थापन तथा निर्देशन समितिका संयोजक श्याम बहादुर सिङ को अध्यक्षतामा र गाउपालिकाका अध्यक्ष बसन्त बहादुर चलाउनेको प्रमुख आतीत्थ्यतामा भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु शिक्षक विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०८०पुस ,१७ मंगलबार

थप समाचार

बैतडीमा नौ लाखका बराबरको कपडा बरामद

प्रकाशित मिति: कार्तिक २३, २०८०

बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते , घाइते महिला जिल्ला अस्पतालमा उपचार गराउदै

बझाङ : बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते हुनु भएकी छिन् । जिल्लाको दुर्गाथली गाउँपालिका–१ रावलगाउँ बस्ने ८४ वर्षीया वृद्ध हिमकला रावल आगोमा परेर घाइते भएकि हुन् । आज बुधबार बिहान

बुंगल नगरपालिका ७ को डाडागाउँ टोल मा खानेपानी को ट्याङ्की बनेको दुई वर्ष हुदा सम्म प्रयोगमा आएन जनता खानेपानीको अभाव झेल्दै

बझाङ : बुंगल नगरपालिका वडा नं ७ को डाडागाउँ टोल मा खानेपानी को ट्याङ्की बनेको दुई वर्ष हुदा सम्म प्रयोगमा नआएको बताईएको छ । बुंगल नगरपालीका बाट विनियोजित रकम तीन