बझाङ : बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षको पाँच महिनामा मात्रै तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरी बदल छन् ।

गत असोजमा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रशाद चापागाईको मकवानपुर सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनाको लागि नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धुर्वराज जोशीलाई दिएको थियो।

उहाँको कार्यअवधी मंसिर २४ गते सकिएपछि फेरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाको प्रशासन र आर्थिक गतिविधि सहितको जिम्मेवारी बुंगल नगरपालिकामा कार्यरत नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समुह अधिकृत छैटौ तहमा कार्यरत माधव राज जोशीलाई दिएको थियो । बुंगल नगर कार्यपालिकाले आर्थिक अधिकार सहित जोशीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएपछि मन्त्रालयले अर्को व्यवस्था नहुन्जेल सम्मका लागि प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी जोशीलाई सुम्पिएको छ ।

बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षमा मात्रै ३ जना प्रशासकीय अधिकृत फेरीएका छन् । यसरी छोटो समयमानै प्रशासकीय अधिकृत फेर्दा सेवा प्रवाह समेत फितलो हुने गरेको र आर्थिक कारोबारमा पनि समस्या हुनेगरेको स्थानियले बताएका छन् ।

प्रकाशित मिति: २०८०, पुस १४, शनिबार

थप समाचार

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु 

बझाङ –बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो । आज (शुक्रबार) घाँस काटने क्रममा भिरबाट

बाजुरा केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलकाे भूकम्प गयाे

बझाङ : सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ६:५२ बजे तिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो।

सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदै

बझाङ – सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ ।माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ ।   नरहरिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको छ ।पुसको