बझाङ : बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते हुनु भएकी छिन् । जिल्लाको दुर्गाथली गाउँपालिका–१ रावलगाउँ बस्ने ८४ वर्षीया वृद्ध हिमकला रावल आगोमा परेर घाइते भएकि हुन् ।

आज बुधबार बिहान ९ बजे घरभित्र भान्साकोठामा उनको आगो ताप्ने क्रममा एक्कासी शरीरमा आगो लाग्दा सल्किएको थियो । आगोबाट रावलको कम्मर तलको भाग जलेको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी प्रमुख एवं डिएसपी भरत बहादुर शाहले बताउनु भएको छ ।

घाइते रावलको अवस्था मध्यम रहेको र अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको डिएसपी शाहले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०८०, पुस ११ , बुधबार

थप समाचार

महासचिव गुटेरेसको सुरक्षामा आधार शिविरमा खटिएका प्रहरी असईको लेक लागेर मृत्यु

बझाङ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ। महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने भएकाले उनी सुरक्षाका लागि गत शनिबार त्यहाँ

लोक सेवाको ६ वटा परीक्षामा सफल बाजुराकी छाया

बझाङ : बाजुरा, ५ माघ । बुढीगंगा नगरपालिका- ६ माल्ताकी छाया जैशीले १० महिनाको अवधिमा लोक सेवा आयोगले लिएका ६ वटा लिखित परीक्षामा सफलता हात पार्नुभएको छ । देशकै बिकट

बाल मन्दिर जग्गा प्रकरण : बाल संगठनका तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ

बझाङ – नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई प्रहरीको