बझाङ : बझाङमा विषादी सेवन गर्दा एक युवकको मृत्यु भएको  छ । जिल्लाको मष्टा गाउँपालिका- ४ घर भई हाल सदरमुकाम चैनपुरमा डेरा गरि बस्ने २२ बर्षिया कलक कठायतको बिषादी सेवनका कारण मृत्यु भएको छ। कठायतको मुसामार्ने बिषादी सेवन बाट मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ । आईतबार साँझ साढे आठ बजे तिरि आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि मृतकका दाई सुशिल कठायतले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । मृतक कठायतको शव नजिक कमान्डो जिङ्क र जी सुनामी लेखेको बिषादीको खाली बट्टा भेटिएको सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरीले जानकारी दिनुभयो । बिषादी सेवनको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भैरहेको बझाङ प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुस ९ , सोमबार

थप समाचार

निर्वाचन आचारसंहितामा कडाई हुन्छ

सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनितिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कही कतै उल्लधन भएका कारवाहीको भागीदार हुने बताएका छन् । आईतवार

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

बझाङ : मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री