बझाङ : सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ६:५२ बजे तिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन गरिएको जानकारी छ ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्। गत कात्तिकमा जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ।