बझाङ : काठमाडौँमा नौ जना कलाकार जुवाखालबाट पक्राउ परेको खुलेको छ। शनिबार उनीहरूलाई मैतिदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहितलाई पक्राउ गरेको हो। बिष्ट नृत्य निर्देशकका साथै कलाकार पनि हुन्।

जुवाखालबाट पक्राउ पर्नेहरुमा शंकर आचार्य, इकु सुलेमान (सुलेमान शंकर), नरेन्द्र बिष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी छन्।

जुवाखालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले बताए। पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति: २०८० कार्तिक १५ गते बुधबार

थप समाचार

११ घन्टा लगाएर पशुपतिनाथमा सुनको जलहरी पुनस्थापित गरियो

बझाङ : ११ घन्टा लगाएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनस्थापित गरिएको छ । सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कर्मचारी जलहरीको तौल नाप्न

गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

गोरखा — गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले ढोका थुनेर हातपात गरेको अस्पतालले जनाएको

सुदूरपश्चिमबाट पटकपटक अवसर पाएकाहरु नै राष्ट्रिय सभाका उम्मेदवार

बझाङ : सुदूरपश्चिममा बहुमत देखिएको सत्ता गठबन्धनका दलले संविधानको मर्म र राष्ट्रिय सभाको चरित्रलाई आत्मसात् नगरी उम्मेदवार बनाएका छन्। खासगरी गठबन्धनको मुख्य दल कांग्रेसले पटकपटक अवसर पाएका र गुटभित्र पनि