असोज कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । शुरुको दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध गरिँदैछ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
चाडपर्व यज्ञ–यागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिकासाथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गा पक्ष अर्थात् वडादशैँ शुरु हुन्छ । यस वर्ष साउन महिनामा अधिकमास परेकाले सोह्रश्राद्ध र वडादशैँ पछि सरेको हो ।

• प्रकाशित मिति २०८०असोज २७ गते शनिबार

थप समाचार

त्रिविको स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइदै

बझाङ : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिनु भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उहाँले चारवर्षे स्नातक कार्यक्रम

११ घन्टा लगाएर पशुपतिनाथमा सुनको जलहरी पुनस्थापित गरियो

बझाङ : ११ घन्टा लगाएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनस्थापित गरिएको छ । सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कर्मचारी जलहरीको तौल नाप्न

जिल्ला खेलकुद समिति बझाङद्वारा ४ पालिकामा खेलकुद समिति मनोनित

बझाङ – बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनित गरेको छ । बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र थलारा