बझाङ । बझाङ केन्द्रबिन्दु भएर आज शक्तिशाली भूकम्प गएको छ।आज दिउँसो बझाङ नै केन्द्रबिन्दु भएर २ पटकसम्म भुकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।केन्द्रका अनुसार जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर दिउँसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो भने, बझाङकै तालकोट आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएको जानकारी अनुसार घरहरु भत्किएको सुचना आएको र थप विवरण संकलनको कार्य जारी रहेको छ ।

 

 

प्रकाशित मिति २०८० असोज १६मंगलबार

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

थप समाचार

बझाङ्गको सेती नदिमा माछा मार्ने क्रममा नदिले बगाएर कैलालिका एक युबक बेपत्ता

बझाङ : बझाङको सेती नदीमा माछा मार्ने क्रममा एक जना युवक  बगेर वेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका- ९ घर भएका वर्ष ३२ का प्रकाश बम रहेको

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

बझाङ : मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री

आज पितृ पक्ष अर्थात सोह्रश्राद्ध समापन गरिँदै

असोज कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । शुरुको दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध