बझाङ : कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा तीन ओटा केन्द्र तोकिएका छन् । यही असोज ९ र १० गते सञ्चालन हुने कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि तीनओटा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय इकाइ बझाङले जनाएको छ ।

बझाङमा जिल्ला भरीबाट कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ९६२ जना बिद्याथी सहभागी हुदैछन् । ग्रेडवृद्धि परीक्षाका लागि तीनवटा परिक्षा केन्द्र सत्य मावि भोपुर,भैरव मावि झोता र सरस्वती मावि बुंगल बिजगडा परिक्षा केन्द्र तोकिएका छन् । ग्रेडवृद्धि परीक्षा ९ र १० गते बिहान ११ बजेबाट हुनेछ ।ट

९ गते पहिलो दिन अनिवार्य अंग्रेजी र एक मात्र विषयमा परिक्षा दिने विद्यार्थिको हकमा सबै बिषय,र दूइवटा विषयमा परिक्षा दिने विद्यार्थीका लागि आफुले परिक्षा दिन चाहेको बिषयहरु मध्यको सानो कोड भएको विषयको परिक्षा हुने छ भने १० गते आफुले परिक्षा दिन चाहेको बिषयहरु मध्यका ठुलो कोड भएको विषयको परिक्षा हुने राष्ट्रीय परिक्षा बोर्डले जनाएको छ ।

 

 

 

• प्रकाशित मिति २०८०असोज ८ गते सोमबार

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

थप समाचार

त्रिविको स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइदै

बझाङ : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिनु भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उहाँले चारवर्षे स्नातक कार्यक्रम

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

बझाङ : मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री

आजदेखि तराई मधेशमा सुरु भयो छठ

प्रकाशित मिति: २०८० मंसिर १शुक्रबार